वन विभागको सूचना

  • जिल्ला वन कार्यालय खोटाङको च.नं ५०९ मिति २०७३।११।२६ को पत्र अनुसार खोटाङ जिल्ला धितुुङ गा.वि.स वडा नं ६ र ७ मा रहेको चौतारा सामुुदायिक वन उपभोत्ता समुहमा खयर जातको रुख थान ५७ अवैध कटान भएको सम्बन्धमा अनुसन्धान गर्दा खयर काठ थान ६०३ को २४८.१६ घ.फि वरामद गरिएको र समुहका अध्यक्ष पृथ्वी बहादुर राई र सहसचिव चन्द्रकिरात राईलाई पक्राउ गरी वन ऐन २०४९ अनुसार थुनामा राखी अनुुसन्धान तहकिकात भैरहेको जानाकारी वन विभागलाई पत्रचार भएको छ ।
  • जिल्ला वन कार्यालय अर्घाखाँचीको च.नं. ६८२ मिति २०७३।१०।२४ को पत्र अनुसार अर्घाखाँची जिल्ला सिमलपानी गा.वि.स स्थीत पावारा सामुदायिक वन उपभोक्ता समुहले संरक्षण प्रयोजनका लागि निर्माण गरेको ३ कोठे भवन मध्ये २ कोठा पावारा ईलाका वन कार्यालयलाई हस्तानतरण गरेको छ । पावारा इलाका वन कार्यालय भाडाको घरमा सञ्चालन हुदै आएकोमा स्थानीय सामुदायिक वन उपभोत्ता समुहको सहयोगमा ईलाका वन कार्यालयलाई नयाँ भवन प्राप्त भएपछी कर्मचारीको स्थायी उपस्थीती हुन गई सेवा प्रवाहमा थप प्रभावकारीता आउने विश्वास गरिएको जानकारी वन विभागलाई प्राप्त भएको छ ।
  • जिल्ला वन कार्यालय, सर्लाहीको च.नं. १३५९ मिति २०७३।११।६ को पत्र अनुसार मिति २०७३।११।६ गते राती २ः०० बजे सर्लाही गा.वि.स. जानकीनगर वडा नं. ३ मा ज १ त ६२४० नं. को ट्रेक्टरमा साल जातको गोलिया थान ११ को ६८.५९ क्यू.फिट काठ लोड गरी अवैध रुपमा ओसार पसार गरिरहेको अवस्थामा काठ सहित सर्लाही न.पा. वरहथवा ६ बस्ने रामवावु साह र ऐ. बस्ने उत्तिमलाल साहलाई वन गस्ती टोलीले पक्राउ गरी निजहरु माथि अनुसन्धान भैरहेको जानकारी यस विभागलाई प्राप्त भएको छ ।
  • जिल्ला वन कार्यालय, पर्साको च. न. २१४२ मिति २०७३/१०/१८ गतेको पत्र अनुसार मिति २०७३/१०/१७ गते बिरगंजबाट ना ३ त ६८०६ नम्बरको ट्याक्टरमा कु काठ चिरान थान २२५ को ६२ क्यु फीट काठ सहित सुरेन्द्र प्रसाद जैसवाल समेत जना ३ पक्राउ र ना ३ त १८१३ नम्बर को ट्याक्टरमा साल चिरान थान ३९को १२.४९ क्यु फीट काठ सहित धुरेंद्र साह पक्राउ परेको ले निजहरुलाई थुनामा राखी मुद्धाको अनुसन्धान भैरहेको जानकारी यस विभागलाई प्राप्त भएको छ |
  • जिल्ला वन कार्यालय, पर्साको च. न. २१४९ मिति २०७३/१०/२६ गतेको पत्र आनुसार जिल्ला पर्सा रामनगरी गाबिस वडा न. ६ मा प्रहरीको गोलिबाट मृत्यु भएको बाघ १ यस कार्यालयमा दाखिला गराएको ले सो सम्बन्धि मुद्धाको छानबिन तथा अनुसन्धान भइरहेको जानकारी यस विभागलाई प्राप्तभएको छ |
  • जिल्ला वन कार्यालय, झापाको च.नं. २१८८ मिति २०७३/१०/१० गतेको पत्रानुसार मिति २०७३/१०/९ गते अपरान्ह करिब ५ः३० बजे झापा भद्रपुर–२ केरलाचोक बस्ने अन्दाजी बर्ष ४१ कीपलमाया लिम्बु र मिति २०७३/१०/१० गते विहानकरिब ९ः३० बजे ऐ.ऐ. बस्ने सर्मीला लिम्बु जंगली हात्तिको आक्रमणबाट घटनास्थलमै मृत अवस्थामा फेला परेको जानकारी यस विभागलाई प्राप्तभएको छ ।
  • जि.व.का. पर्सा वीरगंजको च.नं.१४४६ मिति २०७३।९।७ को पत्र अनुसार मिति २०७३।९।५ गते राति २३.०० बजे वी.उ.म.न.पा. वडा नं.३० कोहडीमा वा.२ त १८८४ नं. को टेक्टरमा चेकजाँच गर्दा वालुवा माथि ३ वटा सालको गोलिया काठ २८.६२ क्यू.फिटको लुकाई छिपाई राखेको अवस्थामा बरामद गरी आवश्यक कारवाहीको लागि छानविन भै रहेको जानकारी यस विभागलाई प्राप्त भएको छ ।
  • सिन्धुपाञ्चोक जिल्लाको वराम्दी, फुल्पिङकोट, जलविरे, फुल्पिङडाडा मांखा, ठोकर्पा, कालिका, र सांगाचोक गा.वि.स. अन्र्तगतको सालको वनमा झुसिलकिराले सालको पात र मुनाहरु खाई हानी नोक्सानी पु¥याई रहेको जानकारी प्राप्त भएकोले यस प्रकारको रोग किराबाट सालको वन लाई वचाउन के कस्ता नियन्त्रणका उपायहरु अपनाउन सकिन्छ विशेषज्ञहरुवाट उचित सुझाव र सल्लाहको लागि अनुरोध छ ।
  • जिल्ला वन कार्यालय झापाको मिति २०७३/०७/१८ को च. नं. ९३७ को पत्र अनुसार मिति २०७३/७/१३ गते दिनको करिब १:०० बजेको समयमा झापा जिल्लाको गरामनी गा.बि.स. वडा न. ४ स्थित किसनभीटटा बस्ने अन्दाजी वर्ष ६० का जयनारायण अधिकारीको स्थानिय भेलागढी सामुदायिक वन क्षेत्रबाट निस्किएको जङ्गली हात्तीको आक्रमणबाट घटनास्थलमा नै निजको मृत्यु भएको जानकारी यस विभागलाई प्राप्त भएको छ |
  • जिल्ला वन कार्यालय पर्सा मा अबैध साल जातका चिरान काठ थान २ को २.३४ क्यु.फिट काँधमा बोकी चोरी निकासी गर्दै गर्दा मिति ०७३/६/२१ गते राती जि.पर्सा पोखरिया नगरपालिका वार्ड न. ११ बस्ने वर्ष ४८ का पन्नालाल राउत कुर्मी १ पक्राउ परेको तथा मिति २०७३/६/२३ गते ना.१३ प्. ५१६५ न. को मोटरसाइकलमा प्लास्टिकको थैलोमा कछुवाको बच्चा गोटा २० राखी ओसार पसार गरि रहेको अवस्थामा जि.बारा कलैया न. पा. वार्ड न. ३ बस्ने वर्ष २५ क मुन्ना बाबु साह पक्राउ परि दुवै मुद्दाको छानविन, अनुसन्धान कार्य जारी रहेको जानकारी यस विभागलाई प्राप्त भएको छ |
  • धनुुषा जिल्लाको बाउनभारा ईलाका वन कार्यालय अन्तर्गतको तुलसी गा.वि.स. वडा न. ४ मा रहको वन क्षेत्रबाट १२ गोटा साल जातका पोल साईजका रुख अवैध रुपमा हानी नोक्सानी गरेकोमा उक्त कार्यमा संलग्न ३ जना मानिसहरुलाई मिति २०७३/०५/३० र ३१ गतेका दिन पक्राउ गरी वन ऐन २०४९ अनुसार मुुद्दा दायर गरीएको र उक्त घटना बारे विस्तृत छानविन गर्न जि.व.का. धनुुषाबाट छानविन समिति समेत गठन गरिएको जानकारी यस विभागलाई प्राप्त भएको छ । 

Read all notices, news, events and press releases..